आज राष्ट्रिय सभा बैठक बस्ने

आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बस्ने गरी बोलाइएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

महासचिव पाण्डेयका अनुसार, उक्त बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने र आगामी आर्थिक वर्ष २०८१–०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहने कार्यसूची रहेको जनाइएको छ ।

राजनीति समाचार