बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । सभामुख भुवन कुमार पाठकले दिउँसो ३ बजे बैठक आह्वान गरेका छन् ।

आजको बैठकमा विशेष समितिको प्रतिवेदनमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

हिजो बसेको प्रदेश सभाको बैठकमा बजेट तथा कार्यक्रम विशेष समितिका संयोजक गोविन्दप्रसाद लम्सालले उक्त विशेष समितिको प्रतिवेदनको प्रस्ताव टेबुल गरेका थिए ।

प्रदेश समाचार बागमती प्रदेश राजनीति समाचार