नेपाल औषधि लिमिटेडद्वारा थप तीन औषधि उत्पादन सुरु

 

नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको छ ।

लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु गरेको जानकारी दिए ।

उनका अनुसार, सेन्ट्रिमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन सुरु गरेको हो ।

तीनै वटा औषधि ट्याबेलटमा छन् । एउटा औषधि दैनिक डेढलाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ ।

यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।

आजदेखि सुरु तीन प्रकारकासहित लिमिटेडबाट उत्पादन हुने औषधिको संख्या ११ पुगेको छ ।

मुख्य समाचार समाचार