राप्रपाका तीन नेता निलम्बन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन नेता निलम्बन भएका छन् । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न रहेका तीन जनालाई पार्टीबाट निलम्बन गरिएको हो ।

उनीहरुलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सहायक महामन्त्री प्रेम बलायरसहित तीन नेतालाई निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्नेहरूमा क्रमशः सहायक महामन्त्री बलायर, राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।

गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला नेता श्रेष्ठमाथि आक्रमण भएको थियो ।

 

मुख्य समाचार राजनीति