हेटौंडामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । मंगलबार र्याली र सभा कार्यक्रम गरी उक्त दिवस मनाइएको हो ।

सहकारीमा सुशासन, प्रविधि र एकीकरण’ नाराका साथ यस वर्ष सहकारी दिवस मनाइएको हो ।

ग्रामिण तथा सहरी क्षेत्रका विभिन्न वडाबाट आ–आफ्ना सहकारी संस्थाका ब्यानरसहित निस्किएका सहकारीकर्मीहरुले हेटौंडा बजारमा बाजा बजाउँदै सहकारीका पक्षमा नारा लगाएर र्याली निकालेका थिए ।

र्याली हेटौंडा बजारको परिक्रमा गरेर हेटौंडाको रोयल पार्टी प्यालेसमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रम बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यता एवम् बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा भएको हो ।

मुख्य समाचार समाचार सहकारी