प्रदेशका खानेपानी ,उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठलाई जिल्ला दुग्ध सहकारी संघले गर्यो स्वागत

२२ चैत,हेटौंडा – बागमती प्रदेशका नवनियुक्त खानेपानी ,उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठलाई जिल्ला दुग्ध सहकारी संघले गर्यो स्वागत एवम् सम्मान गरेको छ ।
संघको कार्यालय हेटौंडा -१ चौकिटोलमा एक कार्यक्रम सहित बिहीवार माननीय मन्त्री श्रेष्ठलाई स्वागत एवम् सम्मान गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष एवम् संघका सल्लाहकार नारायण प्रसाद देवकोटाले सरकारी एवम् निजी उद्योगहरुबाट लामो समय देखि किसानहरूको दुधको भुक्तानी रोकिएको कारण किसानहरु पशुपालन क्षेत्रबाटै पलायन हुनसक्ने अवस्था आएकाले भुक्तानीका लागि सहजीकरण गरिदिन मन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । साथै प्रदेश सरकारले दुग्ध किसानलाई गत वर्षहरुमा झैं दिदै आएको उत्पादनमा आधारित प्रति लिटर अनुदानलाई निरन्तरताका लागी समेत पहल गरिदिन आग्रह गर्नुका साथै संघका विविध गतिविधिमा सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।

जवाफमा मन्त्री श्रेष्ठले दुग्ध किसानका समस्या तथा मागहरु प्रति आफु जानकार रहेको भन्दै उचित पहल गर्ने जनाउनु भएको थियो ।

मन्त्री श्रेष्ठ २०७९ सालमा भएको प्रदेश निर्वाचनमा मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ ‘ख’ मा नेकपा एमालेका तर्फबाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो।
संघका अध्यक्ष हरि प्रसाद कडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य तथा जिल्ला दुग्ध सहकारी संघका सल्लाहकार बद्री प्रसाद लम्साल, केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य एवम् जिल्ला दुग्ध सहकारी संघका सल्लाहकार विदुर हुमागाई, प्रदेश दुग्ध विकास बोर्डका बोर्ड सदस्य एवम् संघका निवर्तमान अध्यक्ष बासुदेव अधिकारी, संघका पुर्व अध्यक्ष एवम् सल्लाहकार खिल प्रसाद चौलागाईं , संघका उपाध्यक्ष अर्जुन प्रसाद देवकोटा लगायत संचालक समितिका सदस्यहरु, संघका ब्यवस्थापक कुमारमणी दहाल लगायत संघका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेकोे थियो ।

बागमती प्रदेश समाचार सहकारी स्थानीय