धमिले कृषि सहकारीद्वारा कृषि उपकरण वितरण

३ बैशाख,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ देविडाँडामा रहेको धमिले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि उपकरण वितरण गरेको छ ।

संघीय अनुदान अन्तरगत मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कृषि विकास कार्यक्रम अनुसार मकैबाली प्रवर्द्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा इलेक्ट्रीक स्पेयर पम्प वितरण गरिएको हो ।

गाउँपालिकाको मकैबाली प्रवर्द्धन कार्यक्रम अन्तरगत १६ वटा पम्प वितरण गरिएको तथा ३ जनाको भकारो सुधार तर्फको काम भईरहेको साथै तरकारी खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत ५ जना किसानको बाँसको टनेल निर्माणको काम पनि जारी रहेको संस्थाका अध्यक्ष गोविन्द प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता तथा ३ नं वडाका वडाध्यक्ष भागवत घिमिरेको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, संस्थाका संचालक, शेयर सदस्य लगायतकाको उपस्थिति रहेको थियो ।

कृषि समाचार विज्ञान प्रविधि समाचार समाज सहकारी स्थानीय