गण्डकी प्रदेशको संसद् अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले यही वैशाद ७ गते ३ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालका, अनुसार नियमित अधिवेशन आह्वान गरिएको हो ।

सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्ने प्रवक्ता अर्यालले बताए ।

गण्डकी प्रदेश प्रदेश समाचार राजनीति समाचार