सुहाङले चुनाव हारे इलामलाई घाटा हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका उम्मेदवार सुहाङ नेम्वाङ उपनिर्वाचनमा पराजित हुँदा इलामले घाटा व्यहोर्ने बताएका छन्।

 

 

बुधबार मंगलबारेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासका लागि नै सुहाङ राजनीतिमा आएको बताए।

‘यहाँबाट सुहाङले चुनाव हारे भने उनलाई त घाटा पर्दैन, उनको त दुई चार लाख महिनामा कमाउने यसै पनि छँदैछ’, ओलीले भने, ‘तर इलामलाई घाटा पर्नेछ। इलामले घाटा बेहोर्नुहुँदैन।’

पेशाले कानुन व्यवसायीसमेत रहेका सुहाङ आफ्नो बाबुको सपना पूरा गर्नका लागि राजनीतिमा होमिएको ओलीको टिप्पणी थियो।

उनले इलामको विकास र समृद्धिको जिम्मा आफूले लिने भन्दै ओलीले सुहाङलाई अत्यधिक मतले विजयी बनाउन अपिल गरे। उनले सहयात्री दलका मतदातालाई पनि खुलेर सहयोग गर्न आग्रह गरे।

युवा र जुझारु भएकै कारण नेकपा माओवादी केन्द्र, परिवार दल र नेकपा विप्लव समूहले उम्मेदवार नउठाइ सुहाङलाई समर्थन गरेको ओलीको दाबी थियो।

इलाम र बझाङमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

मुख्य समाचार राजनीति समाचार