मकवानपुरका ३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि दुई दिन गरी मकवानपुर जिल्लाका ३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।

सरकारले संचालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान अन्तरगत मकवानपुरका बालबालिकालाई ३२ हजार २ सय ४२ जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको हो ।

यस्तै, उक्त अभियान अन्तरगत जिल्लाका २८ हजार ४ सय ९८ जना बालबालिकालाई जुकाको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जसअनुसार, भिटामिन ‘ए’ क्याप्सुल ५ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि (अल्बेन्डाजोल) एक वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई खुवाइनेछ ।

त्यसको लागि जिल्लामा ४ सय ७१ जना स्वास्थ्य स्वयम्सेविका खटिएका छन् ।

मुख्य समाचार समाचार समाज