उपनिर्वाचनः आजबाट मौन अवधि सुरु

आसन्न उपनिर्वाचन अन्तरगत आजबाट मौन अवधि सुरु भएको छ ।

यही वैशाख १५ गते इलाम र बझाङ जिल्लामा हुन लागेको उपनिर्वाचन अन्तरगत आजबाट मौन अवधि सुरु भएको हो ।

निर्वाचन आयोगले ती दुबै जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरेको हो ।

निर्वाचन आचारसंहिता अनुसार, निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि लागू हुन्छ । सोही अनुरुप बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भएको जनाइएको छ ।

इलामको प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार