कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पदबाट बर्खास्त भएका छन् । लगातार ९० दिन भन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेकोले सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरिएको हो ।

सो बारे मन्त्रालयले आज एक सुचना सार्वजनिक गर्दै विदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिन भन्दा बढी समय अनुपस्थित रहेका उनलाई बर्खास्त गरिएको जानकारी गराएको हो ।

उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (ख) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नेपाल सरकारको निर्णयअनुसार सेवाबाट हटाउने निर्णय गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

मुख्य समाचार राजनीति समाचार