कतारमा ६२५ नेपाली कामदार अलपत्र

कतार । कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६२५ जना नेपाली कामदार अलपत्र परेका छन् ।

कम्पनीले पछिल्लो ५ महिनासम्मको तलब नदिएपछि आफूहरू अलपत्र परेको उनीहरूको भनाई छ ।

उक्त कम्पनीमा काम गर्ने करिब १ हजार ५०० कामदारमध्ये ६२५ जना नेपाली भएको जनाइएको छ ।

उनीहरूले पाँचदेखि तीन महिनासम्मको तलब नपाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले जनाएको छ ।

श्रमिकहरूले आफूहरूले पाउनुपर्ने बक्यौता रकम लिएर नेपाल फर्किने व्यवस्था मिलाउन माग गरेका छन् ।

कम्पनीले तलब नदिएपनि श्रमिकहरूले गत अप्रिल १४ देखि काम बन्द गरेको बताइएको छ ।

मुख्य समाचार समाचार