पानी नपर्दा मकवानपुरमा सुक्न थाल्यो तरकारी र अन्नबाली

हेटौंडा । आकासे वर्षा नहुँदा मकवानपुरमा तरकारी संगै अन्नबाली पनि सुक्न थालेको छ । किसानले खोलाको पानी लगाउनेगरी र आकाशको पानीका भरमा रोपेको चैते धान सुक्न थालेको छ । पानी नपरेकाले खेतबारीमा लगाइएको तरकारी खेतीनै सखाप हुन थालेको किसानहरु बताउँछन् ।

यता चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाँजा फाटेको छ । यो वर्ष खेतबारीमा लगाइएको तरकारी र अन्नबालीमा निकै सुख्खा हुँदा थप समस्या भएको मकवानपुरगढीका किसान महारत्न सापकोटा बताउनुहुन्छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको छ ।

यो वर्ष चैते धान रोपिएकोमा आकासे वर्षा नहुँदा बाली प्रभावित बनेको किसानहरु बताउँछन् । पानी लाग्नका लागि सहज भएका स्थानमा समेत खोलाको पानी सुक्न थालेपछी थप समस्या भएको उनीहरुको गुनासो रहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मनहरी गाउँपालिका, बकैया गाउँपालिका लगायतका क्षेत्रमा पानी पर्ने आसमा खेतबारीमा लगाइएका अन्नबाली र तरकारी बाली नष्ट हुन थालेको किसानहरु बताउँछन् । यता सिँचाइको सुविधा भएको ठाउँमा मात्रै चैते धान खेती हुने गरेको तर आकासे वर्षा नै नभएर पानीको तह तल जाँदा समस्या परेको किसानले बताएका छन् ।

मुख्य समाचार समाचार समाज