प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डं) र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भएको हो ।

भेटको क्रममा उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यही वैशाख १५ मा सम्पन्न इलाम–२ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

मुख्य समाचार राजनीति समाचार