एमाले मकवानपुरको अधिवेशन जेठ १८ र १९ गते हुने

नेकपा एमाले मकवानपुरको अधिवेशन आगामी जेठ १८ र १९ गते हेटौंडामा हुने भएको छ ।

एमाले मकवानपुरको सचिवालय बैठकले १२ औं जिल्ला अधिवेशनको मिति तोकेको एमाले जिल्ला सचिवालय सदस्य मदन कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार, अधिवेशनको एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन् गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडाका प्रतिनिधिहरु र पर्यवेक्षकहरु समेत गरेर करिब २ हजार ५ सय जनाको सहभागिता रहने उनले बताए ।

यस्तै, सोही बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनैतिक तथा संगाठनिक प्रतिवेदन लेखन संयोजकमा एकालाल श्रेष्ठ, मञ्च व्यवस्थापन संयोजकमा लाल बहादुर थापा, प्रतिनिधि व्यवस्थापन संयोजक नबिन सिग्देल, अतिथि सत्कार संयोजकमा सीता विष्ट, आर्थिक व्यवस्थापन संयोजक हिदम लामा, प्रचार–प्रसार संयोजक ध्रुब प्रसाद चौलागाईँ जिम्मेवारी दिएको छ ।

यसैगरी, आर्थिक प्रतिवेदन, बजेट र कार्ययोजना संयोजक इन्द्र नेपाल, स्वयंसेवक परिचालन संयोजक सुनिल मोक्तान, खाना व्यवस्थापन संयोजक फुर्वा दोर्जे लामा,स्वास्थय सेवा समिति संयोजक जुना दहाल, जन सांसकृतिक समिति संयोजक मेम्बर लो र सचिवालयको संयोजकमा राजन थापालाई जिम्मेवारी दिइएको छ ।

मुख्य समाचार राजनीति समाचार