बागमती प्रदेश सभामा प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश पेश

बागमती प्रदेश सभाको आजबाट सुरु भएको बजेट अधिवेशन बैठकमा प्रदेश उच्च शिक्षा ऐन सम्बन्धि अध्यादेश पेश गरिएको छ ।

आज दिउँसो बसेको बैठकमा बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानले ‘प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८०’ पेश गरेकी हुन् ।

यस्तै, उक्त बैठकमा सभामुख भुवन कुमार पाठकले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र एवम् मन्त्रिपरिषद् विस्तार तथा पुर्नगठन र कार्यविभाजन सम्बन्धि पत्र पढेर सुनाएका थिए ।

बागमती प्रदेश सभाको अर्को बैठक जेठ १ गते अपराह्न ३ बजे बस्ने गरी सभामुख पाठकले आजको बैठक स्थगित भएको घोषणा गरे ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार