थानकोट-चित्लाङ सडकखण्ड करिब २५ दिन दैनिक ७ घण्टा बन्द रहने

हेटौंडा। मकवानपुरको थाहानगर हुदै काठमाडाैंबाट हेटाैंडा जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडकखण्ड आज बिहिबार जेठ २४ गतेबाट दैनिक ७ घण्टा यातायात संचालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने जनाइएको छ।

सडक डिभिजन कार्यालय काठमाडाैंले थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) को थानकोट-चन्द्रागिरि खण्ड अन्तर्गत सेतो पहरो क्षेत्रमा सडक निर्माण सुधार कार्यका लागि आजबाट असार २० गतेसम्म दैनिक ७ घण्टा यातायात संचालनमा रोक लगाउने जनाएको छ।

सडक डिभिजन कार्यालय काठमाडाैंका प्रमुख नारायणप्रसाद भण्डारीले जिल्ला प्रशासन कार्यालयलाई मर्मतसम्भारका लागि दैनिक ७ घण्टा बाटो बन्द गर्नु पर्ने भएकोले सहजीकरणका लागि अनुराेध गरे बमोजिम उक्त बाटो असार २० गते सम्म दैनिक ७ घण्टा बन्द रहेने भएको हो।

 

Screenshot_20240606_07442-1717640205.jpg
मुख्य समाचार समाचार समाज