२९ जेठ, हेटौंडा- मकवानपुर जिल्लामा रहेका विभिन्न सहकारी संस्थामा कार्यरत ब्यवस्थापकहरुका लागि २ दिने क्षमता विकास तालिम मंगलबार हेटौंडामा शुरु भएको छ ।
राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाको आयोजनामा हेटौंडाको रोयल पाटी प्यालेसमा तालिमको आयोजना गरिएको हो ।
‘एन. सि. बि. एल.सदस्य शिक्षा कार्यक्रम २०८०/०८१’ अन्तर्गत तालिम आयोजना गरिएको बैंकका हेटौंडा शाखा प्रमुख रामेश्वर अर्यालले बताउनुभयो ।
सहकारीमा कार्यरत ब्यवस्थापकहरुको क्षमता विकास गरि सक्षम सहकारी र कुशल प्रशासनिक नेतृत्व तयार गर्ने उदेश्यले तालिमको आयोजना गरिएको शाखा प्रमुख अर्यालले बताउनुभयो ।
मकवानपुरका विभिन्न सहकारीका ४० जना ब्यवस्थापकहरुको सहभागिता रहेकोे तालिममा प्रशिक्षक द्वय तेज प्रसाद बजगाई र रामेश्वर अर्यालले प्रशिक्षण दिइरहनु भएको छ । तालिम बुधबार समापन हुनेछ ।