प्रतिनिधि सभा बैठकः आज प्रधानमन्त्रीले जवाफ दिने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आज बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार