बागमती प्रदेशसभा बैठकमा आजबाट बजेटमाथीको छलफल हुँदै

बागमती प्रदेश सभाको बैठक बस्ने भएको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१।०८२ को विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उनका अनुसार, बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको प्रदेश सरकारको आवको बजेट वक्तव्यको प्रतिक र विभिन्न मन्त्रालयको बजेट शिर्षकमा छलफल प्रारम्भ हुनेछ ।

प्रदेश सरकारको विनियोजित बजेटमाथि असार ८ गते भित्रै छलफल सम्पन्न गरेर पारित गर्ने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए ।

प्रदेश सरकारको आगामी आवको लागि बजेट गत असार १ गते बजेट सार्वजनिकरण गरिएको थियो ।

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार