मकवानपुरको पालुङबाट सिम्पानी सम्म ‘रुपचन्द्र विष्ट मार्ग’को पस्ताव राख्दै:वर्तौला

हेटौंडा । नेकपा (एमाले)का प्रमुख सचेतक महेश वर्तौलाले सरकार संग थाहा नगरपालिकाको पालुङ देखी कैलाश, राक्सिराङ हुँदै मनहरी सिम्पानी सम्म ‘रुपचन्द्र विष्ट मार्ग’ बनाउनुपर्ने पस्ताव गर्नु भएको छ ।

मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेक अन्तर्गत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विकास कार्यक्रमहरु माथीको छलफलमा बोल्दै उनले यो मार्ग वनाउनुपर्ने वताएको हो । उनले भनेः “मकवानपुर जिल्लाको दुई ठुला राजमार्ग त्रीभुवन राजपथ र महेन्द्र राजमार्गको विचमा रहेको ४ वटा स्थानीयह तहहरु थाहा, कैलाश, राक्सिराङ र मनहरी जोड्ने गरी एउटा छुट्टै मार्ग निर्माण गर्न आवस्यक रहेको छ ।” उनले चितवन तथा नारायणी पारिका नागरिकहरुको काठमाण्डौंसंगको पहुँचका लागि यो मार्ग अत्यन्तै महत्वपुर्ण हुने वताउनु भएको हो ।

वर्तौलाले “मुग्लीन–नारायण सडकमा अवरोध हुँदाखेरी यसको वैकल्पीक बाटो छैन । त्यसकारण मनहरीको सिम्पानी देखी थाहा र चित्लाङ हुँदै वैकल्पीक मार्ग वनाउन आवस्यक छ ।” भन्दै भौतिक प्ुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ध्यानाकर्षण गराउनु भयो । वर्तौलाका अनुसार रुपचन्द्र विष्ट जनमुखी गरिव किसानहरुको नेता तथा थाहा आन्दोलनको प्रणेता हुन् । उनी दामनमा जन्मीएर पञ्चायती शासनको विरुद्धमा जागरण पैदा गर्ने, संगठीत गर्ने नेता भएकोले विष्टको नामबाट यो मार्ग बनाउन उपयुक्त हुने वताुनु भयो ।

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छः साँसद वर्तौला

मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिएर निर्माण गर्नुपर्ने वताउनु भएको छ ।
मंगलबार प्रतिनिधि सभाको वैठकमा वोल्दै वर्तौलाले सुरुङ मार्गको निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महाुसेठको ध्यानाकर्षण गराउनु भएको हो ।

यो सुरुङ निर्माणका लागि भनेर नेपाल पुर्वाधार विकास कम्पनीले अनुमती लिएको लामो समय भई सकेको छ । सुरुङ निर्माणकै लागि कम्पनीले स्थानीय नागरिकहरु संग सेयर पनि उठाएको थियो ।

प्रतिनिधि सभामा बोल्दै वर्तौलाले भनेः– “यस् संगै चर्चा चलाईएका सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगती निकै राम्रो छ र नागढुंगा सुरुङको ब्रेक थ्रु भइसकेको छ । तर, भीमफेदी–कुलेखानी सुरुङ चर्चामै सिमित रह्यो । अब, नेपाल सरकारले नै यस् सुरुङ मार्ग निर्माणको जिम्मा लिएर निर्माणको प्रक्रिया अगाडि बढाईनु पर्छ ।”

 

 

समाचार समाज स्थानीय