बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

एमालेसँगको गठबन्धन टुटेपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने पत्र बागमती प्रदेश संसद् सचिवालयमा लिखित पत्र पठाएको संसद् सचिवालयले जनाएको छ।

सोमबार बिहान सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीचको छलफलपछि मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने भएका हुन्। असार २४ गते नेकपा एमाले बागमती सरकारबाट बाहिरिएसँगै जम्म्कटेल नेतृत्व सरकार अल्पमतमा परेको थियो।

 

प्रदेश समाचार बागमती प्रदेश मुख्य समाचार राजनीति समाचार