आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा वर्षा भैरहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

साथै महाशाखाले देशका केही प्रदेशमा मेघगर्जन/चट्याङसिहत हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय