करेन्ट लागेर एक युवकको मृत्यु

मकवानपुरमा शुक्रबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नम्वर ४, माझीखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्वर ९, बेतेनीस्थानीय २० वर्षीय रामराज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, शुक्रबार अपराह्न ४ बजेको समयमा माझीखोलास्थित नेपाल प्रेम चर्चको भवनमा वाइरिङ गर्ने क्रममा बम्जनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि उद्दार गरेर हेटौंडा अस्पताल ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा साढे ५ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

 

समाचार समाज स्थानीय