ओलीले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । त्यसका लागि दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।
एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने भएका छन् ।
प्रतिपक्षमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा लगायतका दलले भने उनलाई विश्वासको मत नदिने भएका छन् । तर ओलीले सहजै विश्वासको मत पाउने छन् ।

मुख्य समाचार राजनीति समाचार