मूख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने भएका छने । आज बस्ने प्रदेशसभा बैठकमा मूख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएका हुन् ।
प्रदेशसभाको अंक गणित अनुसार कांग्रेस-एमाले गठबन्धन एकतर्फ हुँदा जम्कट्टेलले विश्वासको मत नपाउने निश्चित छ । नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मत नदिन ह्विप नै जारी गरेका छन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको मत चाहिन्छ ।

मुख्य समाचार राजनीति समाचार