बागमतीमा कांग्रेसले मंगलबार मात्रै सरकारका लागि दावी पेश गर्ने

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले मंगलबार मात्रै दावी पेश गर्ने भएका छन् । सोमबार दावी पेश गर्ने भनेको कांग्रेसले मंगलबार मात्रै दावी पेश गर्न लागेको हो ।
प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय सिमा बाँकी रहेको र केही तयारी गर्नुपर्ने भएकाले मंगलबार दावी पेश गर्ने कांग्रेस नेताहरूले जनाएका छन् ।
मूख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार राजिनामा दिएपछि लामाले मूख्यमन्त्रीसहित सरकार गठनका लागि दावी पेश गर्दैछन् ।

मुख्य समाचार राजनीति समाचार