एमालेका सांसद आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

हेटौंडा । एमालेका सांसद चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सहित ५६ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।
अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागी निर्वाचित भएका हुन् । नव नियुक्त मुख्यमन्त्रीले बुधबार पद तथा गोपनियताको सपथग्रहण गर्ने छन् ।

प्रदेश समाचार मुख्य समाचार राजनीति लुम्बिनी प्रदेश समाचार