कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए

हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्दै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्की र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगरले राजीनामा बुझाएका छन् ।
पत्रकार सम्मेलनमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्ग्बोले सरकारमा रहेका तीन जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएको बताए । सरकारलाई दिएको समर्थन भने कायम रहेको उनले बताए ।

मुख्य समाचार राजनीति समाचार