हेटौंडा–७ मा जेष्ठ नागरिक भवनको उद्घाटन

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ स्थित नवनिर्मित जेष्ठ नागरिक भवनको शुक्रबार उद्घाटन गरिएको छ ।

जेष्ठ नागरिक मैत्री नगर निर्माणको लक्ष्य अनुसार निर्माण गरिएको उक्त भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो क्रममा बोल्दै नगर प्रमुख लामाले पुस्ता हस्तान्तरणमा जेष्ठ नागरिकको भूमिका महत्वपुर्ण हुने भन्दै पछिल्ला पुस्तालाई ज्ञान आग्रह गरिन् । उनले बालमैत्री नगर निमार्णको क्रममा रहेको हेटौंडालाई जेष्ठ नागरिक मैत्री बनाउँने अभियानमा रहेको उल्लेख गरिन् ।

यस्तै, उप–मेयर बानियाँले विकासको काममा थोरै जमिन जाँदा समस्या हुने समयमा जेष्ठ नागरिकक भवनका लागि जमिन दान गर्ने प्रति आभार व्यक्त गरे । उनले नगरको समानुपातिक विकास क्रमलाई अघि बढाउँन अहिलेको नेतृत्व लागि परिरहेको उल्लेख गरे ।

उक्त भवन निर्माणको लागि स्थानीय बलबहादुर तामाङले दान गरेको १ कठ्ठा जमिन दान गरेका थिए । सो कार्यक्रमलाई उनलाई मेयर र उपमेयरले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

जेष्ठ नागरिक मञ्च वडा समन्वय समितिका अध्यक्ष कोषबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, उपमहानगरपालिका महिला तथा बालबालिका महशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, शाखा प्रमुख मन्दिरा थापा, ७ नम्बर वडाका पुर्व अध्यक्ष राजन थापा, जेष्ठ नागरीक मञ्च मकवानपुरका अध्यक्ष हरिरप्रसाद सिग्देल, मञ्च प्रदेशका सदस्य बुद्धिप्रसाद पौडेल र नगर अध्यक्ष रामचन्द्र ढकाललगायतको सहभागिता रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार समाज