कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गर्दै फारममा हस्ताक्षर गरेकी छन् ।
उनले नोभेम्बरमा आफ्नो नागरिक बलद्वारा सञ्चालित अभियानले जित्ने आश्वस्त गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्दै फारममा हस्ताक्षर गरेकी हुन् ।
ह्यारिसले सामाजिक सञ्जाल एक्समामा हरेक भोट हासिल कडा मिहिनेत गर्ने बताइन् । “आज, मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरें। म हरेक भोट हासिल कडा मेहनत गर्नेछु। र नोभेम्बरमा, हाम्रो नागरिक बलमा आधारित अभियानले जित्नेछ,” कमला ह्यारिसले आफ्नो पोस्टमा लेखेकी छिन् ।
जो बाइडेनले दौडबाट बाहिरिएपछि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गरेका थिए ।

अन्तराष्ट्रिय मुख्य समाचार समाचार