ठूला दलले थ्रेसहोल्ड बढाएर साना पार्टी सक्न खोज्दैछन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले दुई दलीय व्यवस्थातिर मुलुकलाई लैजान खोजेको बताएका छन्।

पुष्पलालको जन्म शताब्दीका अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संशोधन गरी थ्रेस होल्ड बढाउने र साना पार्टी सखाप पार्ने षड्यन्त्र भइरहेको बताए।

दुई दलीय प्रणाली स्थापित गर्ने षड्यन्त्र भइरहेको उनको दाबी छ।

लोकतान्त्रिक गणतन्त्रात्मक देशमा दुई ठूला दल मिल्नु पनि उचित नभएको उनको भनाइ छ।

बिचौलियाको सेटिङ भत्काउन खोजेको परिणाम नै आफू सरकारबाट बाहिरिनुपरेको उनको दाबी छ।

उनले कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध बनाउनुपर्ने पनि बताए।

एमालेभित्र पनि देशभक्तको ठूलो पंक्ति रहेको भन्दै उनले एकपटक असफल भयो भन्दैमा कम्युनिष्ट आन्दोलनलाई एकजुट गराउने प्रयास नरोक्ने बताए।

मुख्य समाचार राजनीति समाचार