काठमाडौं उपत्यकाका स्थानीय तहमा आज सार्वजनिक बिदा

काठमाडौं उपत्यकाभित्रका स्थानीय तहमा सार्वजनिक बिदा हुने भएको छ ।
बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा विदा हुने भएको हो ।
काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । लामो समयदेखि डायलसिस गराउँदै आएका उनको पछिल्लो १ महिनायता समस्या अलि बल्झिएको थियो ।

मुख्य समाचार समाचार समाज