प्रतिनिधिसभाको बैठक बस्दै

आइतबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

 

मुख्य समाचार राजनीति समाचार