नवनियुक्त प्रदेश प्रमुखहरूले आज शपथ लिने

नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
उनीहरूले बिहीबार साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनेछन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार बागमतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त गरेका थिए ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार