एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत

नेकपा एमालेले उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ ।
बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको हो । बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो ।
त्यसैगरी, केन्द्रीय सदस्यमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर) मनोनीत भएका छन् । सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौँ) कमला केसी (कैलाली) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
यसैगरी मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत भएका छन् ।

 

मुख्य समाचार राजनीति समाचार