सौर्य एयरलाइन्सका पाइलटलाई डिस्चार्जको तयारी

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलटलाई केएमसी अस्पतालले डिस्चार्जको तयारी गरेको छ । दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको स्वास्थ्य सामान्यउन्मुख रहेकाले आजै डिस्चार्ज गर्ने तयारी रहेको प्रतिनिधिसभा सदस्य समेत रहेका अस्पतालका प्रमुख डा. सुनील शर्माले जानकारी दिए ।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का अस्पताल पुगेका थिए । उनको अवस्था बुझेपछि खड्कासँगै बाहिरिएका शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको बताए ।
उनले शाक्यको सफल उपचार हुनुले अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भएको प्रतिक्रिया दिए । (रातोपाटीबाट)

मुख्य समाचार समाचार समाज