मधेशका मुख्यमन्त्रीद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।
बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् । जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए ।
राज्यमन्त्री थपेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएपछि चौतर्फी आलोचना भएपछि मुख्यमन्त्रीले राज्यमन्त्री बर्खास्त गरेको जनाइएको थियो ।

प्रदेश समाचार मदेश प्रदेश मुख्य समाचार राजनीति समाचार