राष्ट्रियसभामा एक प्रतिवेदन र दुई विधेयक पेश

राष्ट्रिय सभामा महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन २०८१ पेश भएको छ । प्रतिवेदन बिहीबारको राष्ट्रिय सभा बैठकमा पेश भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिवेदन, २०८१ सभासमक्ष पेश गरेका छन् ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन, २०८१ सभा समक्ष पेश गरेका छन् ।
त्यस्तै, राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभामा पेश गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार