भदौ ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले गाइजात्रको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भदौ ४ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले जानकारी दिएका छन्।गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र बिदा दिँदै आएकोमा यस वर्षबाट प्रदेशभर बिदा दिएको हो ।

मुख्य समाचार राजनीति समाचार