प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले राष्ट्रियसभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश हुनेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० छलफल र पारितका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

मुख्य समाचार राजनीति समाचार