उपसभामुख रानालाई राजीनामा दिन कांग्रेसको आग्रह

 

नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको ह‍ो ।
कांग्रेसले यस विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने निर्णय पनि गरेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
उपसभामुख रानाले पद त्याग नगरेमा उनलाई संसदबाट दुईतिहाइको बहुमतले हटाउने तयारी कांग्रेस र नेकपा एमालेले गरेको र आफ्नो दलका सांसदहरूको हस्ताक्षर पनि संकलन गरिसकेका छन् ।

 

मुख्य समाचार राजनीति समाचार