असोज ७ बाट सुपथ मूल्य पसल सञ्चालन हुने

सरकारले असोज ७ गतेबाट चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएकाे छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मंगलबार राष्ट्रिय सभा बैठकमा यस्तो जानकारी दिएका हुन् ।
उनले चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताए ।
उनले बजारमा उच्च मागहरू हुने समयमा अस्वभाविक मूल्य वृद्धि गर्नसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिव्रता दिइएको बताए ।

 

मुख्य समाचार समाचार समाज स्थानीय