रास्वपाद्वारा सचिवालय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक आज बस्ने गरी आह्वान गरेको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा साढे १० बजेपछि बैठक बस्ने गरी बोलाइएको हो ।

बैठकमा उपसभामुख इन्दिरा राना मगरमाथि उठेको प्रश्नलगायतका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

यस्तै, बैठकमा असोज १ र २ गते हुने राष्ट्रिय भेला, सात प्रदेशमा सकिएको प्रदेश भेलाको समीक्षालगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।

मुख्य समाचार राजनीति समाचार