क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा पराजित

क्यानडाको एचपी जागर्स नेपालसंगको अभ्यास खेलमा ६६ रनले पराजित भएको छ ।
पहिला ब्याटिङ गरेको नेपाल ४७.५ ओभरमा २४७ रन बनाउँदै अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३,  आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए ।
त्यस्तै अनिल शाह ४७, गुलशन झा १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले दुई/दुई विकेट लिए ।
जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लागि अजयविर सिंहले ५५,  नदिम मजिर  २९ र अनुप चिमाले १९ रन बनाए ।
नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

खेलकुद मुख्य समाचार समाचार समाज