प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको हो ।
भेटवार्तामा दुवै मुलुकका मन्त्री र अन्य अधिकारीहरूको उपस्थिति थियो । ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेट हो ।

मुख्य समाचार राजनीति समाचार