आज पनि थानाभर्याङ एरियामा ८ घण्टा बिजुली नहुने

हेटौंडा ११ थानाभर्याङ एरियामा सोमबार दिनको ८ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आइतबार सुचना मार्फत वितरण केन्द्र अनतर्गत हेटौंडा ११ थानाभर्याङ स्थित नयाँ फीडर लाइन निर्माण कार्य भैरहेकोले उक्त स्थानमा पोल गीड्ने र तार तान्ने कार्यका लागि विद्युत कटौती गरी काम गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत नहुने जनाएको छ।

केन्द्रले थानाभर्याङ राप्ती पूल देखि यातायात व्यवस्था कार्यालय सम्मको एरियामा करेन्ट नहुने जनाइएको हो । प्राधिकरणले यस अघि पनि सोही कामको लागि विद्युत कटौती गरेरे काम गरेकोमा काम नसकिएपछि आज पनि ८ घण्टा विद्युत आपूर्ति बन्द गरेरे काम गर्न लागेको हो।प्राधिकरणले हिजो आइतबार पनि सो क्षेत्रमा विद्युत कटौती गरेरे काम गरेको थियो ।

 

FB_IMG_1727017552528-1727055879.jpg
मुख्य समाचार समाचार समाज स्थानीय