मकवानपुरका एसपी र डीएसपीको सरुवा, को आउँदैछन् ?

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले मकवानपुरमा कार्यरत एसपी सिताराम रिजाल र डीएसपी लक्ष्मी भण्डारीको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा निर्णयनुसार, एसपी रिजाललाई नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर धनुषामा सरुवा गरिएको हो ।

मकवानपुरमा भने प्रहरी प्रमुखको रुपमा एसपी विश्व खड्का आउने भएका छन् । खड्का काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा कार्यरत थिए ।

यसैगरी, डीएसपी भण्डारीलाई इलाका प्रहरी कार्याm इटहरी, सुनसरीमा सरुवा गरिएको छ । मकवानपुरमा भने श्याम अर्याल आउने भएका छन् । अर्याल नेपाल प्रहरी विशेष सुरक्षा गण तनहुँमा कार्यरत थिए ।gV

मुख्य समाचार समाचार समाज