उपनिर्वाचनका लागि दल दर्ता गर्न सूचना जारी

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि सूचना जारी गरेको छ ।
संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो ।
दलहरुले असोज १० देखि १६ गतेभित्र कार्यालय समयमा निवेदन दिनुपर्ने आयोगले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

 

Screenshot_20240925_12055-1727245561.jpg
मुख्य समाचार राजनीति समाचार